• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड
  • गृहपृष्ठ
  • दौड
ईश्वर र सरस्वतीलाई स्वर्ण
खेलपाटी संवाददाता
सोमबार, भदौ २३, २०७६ खेलपाटी संवाददाता
ईश्वर र सरस्वतीलाई स्वर्ण

काठमाडौं । सैनिक आवसीय माविका ईश्वर बस्नेत र विश्व निकेतनकी सरस्वती बोहरा उपत्यकाव्यापी सडक दौड प्रतियोगितामा आइतबार पहिलो भएका छन् ।

छात्रमा ईश्वर तथा छात्रामा सरस्वती पहिलो भएका हुन् । छात्रमा ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा ईश्वरले निर्धारित दूरी १७ मिनेट ४४.१२ सेकेन्डमा पूरा गरे । जेसिस माविका सागर श्रेष्ठ (१८ मिनेट १४.८० सेकेन्ड) दोश्रो तथा मनोहर माविका सन्तोष नापित (१८ मिनेट ४२.७१ सेकेन्ड) तेश्रो भए ।

नेपालय एजुकेसनका युनिश आले मगर चौथो, सैनिकका नविन्द्र कार्की पाँचौं, आदर्श माविका उदय लिम्बू छैटौं र प्रवीण लिम्बू सातौं, सीतापाइलाका नितेश घर्ती मगर आठौं तथा सैनिकका प्रवीणराज अधिकारी नवौं र सुरेन्द्र परियारले दसौं स्थानमा दौड टुंगाए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तत्वावधानमा सञ्चालित प्रतियोगिताको छात्रामा सरस्वतीले निर्धारित दूरी १५ मिनेट ५० सेकेन्डमा तय गरिन् । कुशलता तामाङ (१६ मिनेट ०४ सेकेन्ड) दोश्रो तथा स्वेच्छा बलामी मगर (१६ मिनेट १६ सेकेन्ड) तेश्रो बने । दुवै विजेश्वर ज्ञान मन्दिरका हुन् । पञ्चकन्या माविकी सानु घतानी, जेसिसकी रेस्टिना सिटीखु, ज्ञानकुञ्ज माविकी श्रयस्का सिल्पकार, सैनिककी सुप्रिया भण्डारी, ज्ञानकुञ्जकी प्राकृति सुवाल तथा जेसिसका स्वागता खाइजु र उर्जा मधिकर्मी क्रमशः चौथोदेखि दसौं स्थानमा रहे ।

छात्र÷छात्रा दुवैमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ४ हजार नगद पुरस्कार पाए । चौथोदेखि दसौं स्थानमा रहने सबैले ३ हजारका दरले नगद पुरस्कार हात पारे ।

विजेतालाई राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्य इन्दिरा निरौला र हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । त्यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गरेका थिए ।

४० औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा आयोजित प्रतियोगितामा ५ सय ७२ प्रतिस्पर्धी सहभागी थिए । दौड त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भइ पुनः राखेप हातामै आएर टुंगिएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP