• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
काठमाडौं म्याराथन पुस पहिलो साता
खेलपाटी संवाददाता
मंगलबार, भदौ १०, २०७६ खेलपाटी संवाददाता
काठमाडौं म्याराथन पुस पहिलो साता

काठमाडौं । १३ औं संस्करणको काठमाडौं म्याराथन आगामी पुसको पहिलो साता आयोजना हुने भएको छ ।

आयोजक प्रो स्पोर्टस प्रालिले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ५ गते आयोजना हुने जानकारी गराएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आयोजना हुने म्याराथनमा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रो स्पोर्टसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी गराए ।

काठमाडौं म्याराथनको मुख्य स्पर्धा महिला/पुरुष फुल म्याराथन र हाफ म्याराथन रहने छ । म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर माईतिघर, बानेश्वर हुदै भक्तपुर सल्लाघारी हुँदै पुन: त्रिपुरेश्वर आएर सकिने छ ।

त्यस्तै ५ किमिको खुल्ला दौड,  कर्पोरेट रिले, ५ किमीकै छात्रा/छात्र दौड र ३ किमीको ह्वीलचेयर दौड हुनेछ । यस्तै यस पटक फेमीली दौड समेत राखिएको छ । 

यसअघि आयोजकले यस प्रतियोगिता असोजमा गर्दै आएको थियो । तर, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदलाई मध्ये नजर गर्दै  पुसमा सारिएको आयोजकले जनाएको छ ।

डिसेम्बरमा गर्ने भनिएपनि साग गेम्सको कारण प्रतियोगिता सारिएको हो । असोजमा गर्दा मौसम राम्रो हुने भए पनि पर्यटन वर्षलाई सफल पार्न समय सारिएको हो,' पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भने, 'सरकारसँग सहकार्य गरेर प्रतियोगिता गर्ने छौं । आम मानिससँग स्पोर्ट्सलाई नजिक बनाउन आयोजना गर्न लागेका हौं ।'

यस्तै अध्यक्ष श्रेष्ठले म्याराथनका लागि काठमाडौं र भक्तपुर नगरपालिकासँग छलफल भईरहेको समेत बताए ।

विजेताले पाउने पुरस्कार रकम भने पछि खुलाईने आयोजकले जनाएको छ । गत वर्ष म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेताले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पाएका थिए । हाफ म्याराथनतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १० हजार पाएका थिए ।

त्यस्तै राष्ट्रिय कीर्तिमान बनाउने नेपाली खेलाडीलाई पनि पुरस्कृत गरिने छ । राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले २ लाख पाउने आयोजकले जनाएको छ ।

कीर्तिमान बनाउने खेलाडीको लागि पूर्व ओलम्पियन रघु राज वन्तले प्रायोजन गर्ने छन् । पत्रकार सम्मेलनमा वन्तले कीर्तिमान बनाउने खेलाडीलाई २ नगद दिने घोषणा गरेका हुन्  । पुरुषको म्याराथनमा बैकुण्ठ मानन्धरको नाममा २ घण्टा १५ मिनेट १ सेकेण्डको कीर्तिमान रहेकोछ  ।

प्रतियोगिताको लागि आयोजकले एयर्लाइन्स पार्टनरका लागि ड्रागन एयरसँग सम्झौता गरेको छ ।  प्रो स्पोर्ट्सका डिरेक्टर भवति राई र ड्रागनका नेपाल प्रमुख जानु मलेकुले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई
ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
जुलियस र सन्तोषीलाई काठमाडौ २५ के उपाधि
जुलियस र सन्तोषीलाई काठमाडौ २५ के उपाधि
ओलम्पियन वैकुण्ठ मानन्धर सम्मानित
ओलम्पियन वैकुण्ठ मानन्धर सम्मानित
हाफ म्याराथनमा खडकबहादुर र सन्तोषी च्याम्पियन
हाफ म्याराथनमा खडकबहादुर र सन्तोषी च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP