बर्नहार्ट बास्केटबल बिहीबारबाट
मंगलबार, १० भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । बर्नहार्ट कलेजको आयोजनामा नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजतर्फ १७ र गल्र्समा ६ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक किरण महर्जनले जनाएका छन् ।
ब्वाइजमा न्यु समिट तथा गल्र्समा जेभियर इन्टरनेसनल डिफेन्डिङ च्याम्पियन हुन् ।
लिग कम नकआउट आधारमा भदौ २१ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बल्खुस्थित आयोजककै कोर्टमा हुनेछ ।









%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
