गोरखामा फुटबलको ट्रेनिङ सेन्टर बन्ने

काठमाडौं । गोरखा जिल्लामा फुटबलको ट्रेनिङ सेन्टर बन्ने भएको छ ।
गोरखामा ट्रेनिङ सेन्टर निर्माणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार गोरखा नगरपालिकासँग सम्झौता गरेको छ ।
सम्झौतासँगै गोरखा नगरपालिकाको वडा नम्बर १० स्थित छेवेटारमा ट्रेनिङ सेन्टर निर्माण हुनेछ । ट्रेनिङ सेन्टर निर्माणका लागि नगरपालिकाले एन्फालाई १०० रोपनी जग्गा उपलब्ध गराउने छ । उक्त जग्गा एन्फाले २५ बर्षको लागि भोगाधिकार गर्न पाउनेछ ।

यस्तै नगरपालिकाले ७० लाख समेत उपलब्ध गराउने छ । बाँकी खर्च एन्फाले फिफा प्रोजेक्टबाट आएको ५० हजार अमेरिकी डलरबाट गर्नेछ ।
जिल्ला फुटबल संघ गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जिल्लामा स्तरिय रंगशाला, पुर्वाधार नहुदा फिफा प्रोजेक्टबाट ट्रेनिङ सेन्टर निर्माण गर्न लागेको जानकारी गराए ।
‘अहिले हामीसँग स्तरीय रंगशाला छैन । कुनै पुर्वाधार पनि छैन । त्यसैले नगरपालिका र एन्फामा कुरा राखेर ट्रेनिङ सेन्टर बनाउने कुरा अगाडि बढाएका हौं ।’ अध्यक्ष श्रेष्ठले खेलपाटीसँग भने ।

यस्तै अध्यक्ष श्रेष्ठले उक्त स्थानमा एकेडेमी पनि बनाउने योजना रहेको बताए ।
‘अहिले हामीसँग ट्रेनिङ सेन्टरसँगै अफिस पनि रहँनेछ । हामीले केहि समयपछि एकेडेमी पनि बनाउने योजना ल्याएका छौं । गोर्खामा ३ स्तरीय ट्रेनिङ सेन्टर बनाउने योजना रहेको छ ।’ उनले थपे ।
यसअघि एन्फाले इलाममा पनि ट्रेनिङ सेन्टर बनाउन सम्झौता गरिसकेको छ ।










-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
