काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको घाँस काट्ने काम सुरु गरेको छ ।
राखेपले घाँस काट्ने मेसिन उपलब्ध गराएपछि मैदानका कर्मचारीले शुक्रबारबाट घाँस काट्न सुरु गरेको छ ।
यो पनि पढ्नुहोस्...
अपहेलित टियु मैदान !
बेबारिसे टियु क्रिकेट मैदान !
यसअघि राखेपले ध्यान नदिदा अन्तराष्ट्रिय खेल खेल्न मिल्ने नेपालको एक मात्र टियु मैदान जंगलमा परिणत भएको थियो । मैदानको घाँस काट्ने मेसिन बिग्रिएपछि मैदानमा करिब एक फिट लामो घाँस उम्रिएको थियो । जसको कारण खेलाडीले प्रशिक्षण गर्न सकिरहेका थिएनन् ।

खेलपाटी डटकमले मैदानको बारेमा समचार लेखेपछि राखेपले घाँस काट्ने मेसिन उपलब्ध गराएको हो । अहिले मैदानमा २ वटा फरक मेसिनले घाँस काट्ने काम भईरहेको छ ।
मैदान खेल्न योग्य बनाउन करिब एक हप्ता लाग्नेछ ।
'लामो घाँस र २ मेसिन मात्र रहेका कारण खेल्न योग्य मैदान बनाउन कम्तिमा ४/५ दिन लाग्ने छ,' मैदानका क्युरेक्टर मधु तामाङले भने, 'एउटा मेसिनले लामो घाँस काट्ने र अर्कोले घाँस मिलाउने काम गर्ने भएकाले समय लाग्छ ।'









हेर्नुहोस् भिडियो !