एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रि-सिजन टुर अन्तर्गतको इन्टरनेसनल सुपर कपको उपाधि जितेको छ ।
चीनमा मंगलबार भएको खेलमा अष्ट्रेलियाको सिड्नी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो ।
पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे, एडिनसन काभानी र मेटेहन गुक्लुले एक एक गोल गरे ।
नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न पिएसजी चीनमा रहेको छ ।

