नाडाललाई हराउदै जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा
शनिबार, असार ३०, २०७५खेलपाटी संवाददाता

एजेन्सी । सर्बियन स्टार नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको सेमिफाइनलमा विश्व नम्बर दुई राफायल नाडाललाई हराउदै जोकोभिचले फाइनल यात्रा तय गरेका हुन् ।
सेन्टर कोर्टमा १२ औं बरियताका जोकोभिचले नाडाललाई ६-४,३-६ र ७-६(११-९),३-६ र १०-८ ले हराए । योसंगै जोकोभिचले सन् २०१५ पछि पहिलोपटक विम्बल्डनको फाइनलमा स्थान बनाएका हुन् । तीन पटकको बिजेता जोकोभिचले अब आठौं बरियताका दक्षिण अफ्रिकी खेलाडी केभिन एण्डरसनसंग खेल्ने छन् ।
एण्डरसनले अमेरिकाका जोन इस्नरलाई हराएर फाइनल यात्रा तय गरिसकेका छन् । फाइनल आइतबार हुनेछ ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1761998475071.jpg&w=3840&q=75)



%20(2)-1761961917188.png&w=3840&q=75)