एजेन्सी । फ्रेन्च क्लब मोनाकोका मिडफिल्डर सेस फाब्रिगासलाई गाडी चलाउन प्रतिबन्ध लागेको छ ।
लण्डनको एक अदालतले शुक्रबार फाब्रिगासलाई ६ महिना गाडी चलाउन प्रतिबन्ध लगाएको हो ।
इन्ग्लिश क्लब आर्सनल र चेल्सीका पूर्व खेलाडी फाब्रिगासलाई तोकिएको गति भन्दा बढी स्पिडमा गाडी चलाएको पाइएपछि प्रतिबन्ध गरिएको हो ।
विश्वकप विजेता स्पेनिस मिडफिल्डर फाब्रिग्यासलाई ७५० पाउण्ड जरिवाना समेत तोकिएको छ ।
चेल्सीमा रहदा फाब्रिग्यासले एक घण्टाबराबर ६४ किमि चलाउनु पर्ने स्थानमा १०९ किमि पुगेपछि कारबाहीमा परेका हुन् ।
फाब्रिग्यास गत जनवरीमा मोनाको आएका थिए ।