एजेन्सी । ईटालियन क्लब युभेन्ट्सले साउथ कोरियन लिगका खेलाडी सम्मलित टिम के लिग अलस्टारसँग बराबरी खेलेको छ । शुक्रबार भएको खेलमा युभेन्ट्सले अलस्टारसंग ३–३ गोलको बराबरी खेलेको हो ।
अधिकांश युवा खेलाडी मैदान उतारेको युभेन्ट्सले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई भने आराम दिएको थियो ।
खेलमा अग्रता अलस्टारले खेलको सातौ मिनेटमा ओस्मारको गोलबाट लिएको थियो । त्यसको दुई मिनेटपछि युभेन्ट्स सिमोन मुरतको गोलबाट खेलमा फर्कियो ।
पुन अलस्टारले ४५ औ मिनेटमा सेसिनहाको गोलबाट खेलमा अग्रता बनायो । ५० औ मिनेटमा एडम ट्यागगार्टले खेल ३–१ को स्थितीमा ल्याएका थिए ।
७८ औ मिनेटमा ब्लाइज मटुडीले युभेन्ट्सको गोल अन्तर घटाउने काम गरे । खेल सकिन ९ मिनेट बाँकी छदा म्याथियुज परेराले युभेन्ट्सलाई ३–३ को स्थितीमा ल्याएका थिए ।
प्रि–सिजन टूरमा रहेको युभेन्ट्सले अलस्टारसंग मैत्रीपूर्ण खेलेको हो ।