मंगलबार, ०३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुदमा अब कस्तो नेतृत्व ?

शनिबार, २१ असार २०७६पुरुषोत्तम पौडेल
खेलकुदमा अब कस्तो नेतृत्व ?
Loading ad...
mustang rice ad

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक मुकाम सिंहदरबारदेखि त्रिपुरेश्वरको दुरी मुस्किलले एक किलोमिटर छ । त्रिपुरेश्वर जहाँ राष्ट्रिय खेलकुद परिषद छ, दिनहुँ सरोकारवालाको भिंड हुने गर्छ ।

सिंहदरबार सर्वसाधारणका लागि प्रवेश निषेध जस्तै छ । प्रवेशको अनुमति पाए मात्र नेपाली नागरिकता वा नेपाल सरकारले जारी गरेको यस्तै परिचयपत्र धितो राखेर प्रवेशद्धार क्रस गर्न पाइने प्रावधान छ । अन्यथा आफुखुशी सिंहदरबार भित्र दृष्यावलोकन गर्न सकिदैन ।

त्यही सिंहदरबार परिसरमा प्रधानमन्त्रीको कार्यालयका साथै दर्जनौं मन्त्रालयसँगै युवा तथा खेलकुद मन्त्रालय छ । जहाँ सरोकारवालाको भेटघाट राखेपको तुलनामा निकै कम देखिन्छ । सिंहदरबार प्रवेशमा सहज आउजाउ नहुनुका कारणले त्यहाँ रहेको युवा तथा खेलकुद मन्त्रालयको भेटघाट पातलिएको भने हैन, देशको सम्पुर्ण खेलकुद चलायमान गराउने जिम्मेवारी त्यही त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदलाई छ । त्यसमा पनि सदस्यसचिवलाई छ । सियोदेखि गाडी खरिद गर्ने अधिकार, करोडौंका निर्माण टेन्डर प्रक्रिया अघि बढाउने अधिकार, कार्यालय सहायकदेखि बिशिष्ट श्रेणीलाई नियुक्ती, सरुवा तथा जिम्मेवारी हेरफेर सबैमा ।

नेपाल सरकारको ऐन कानुनले आफ्नो क्याबिनेट मन्त्रीभन्दा सदस्यसचिवलाई बढ्ता कामकाजी बनाइदिएको छ । खेलकुद ऐनले नै सदस्यसचिवलाई असिमित अधिकार दिएको हो । त्यसैले यो आकर्षणको पद मानिन्छ, निकै ग्ल्यामर । सदस्यसचिव निकै शक्तिशाली मानिनुको कारण यही हो ।

यतिबेला सदस्यसचिवको त्यो ‘हटसिट’ खाली छ । केशवकुमार बिष्ट यही असार ९ गते चारबर्षे कार्यकाल पुरा गरेर पुरानै दिनचर्यामा फिरेका छन् । दुई सातादेखि त्यो हट सिट सर्वत्र चासोको बिषय बनेको थियो । जुन स्वभाविक पनि हो । युवाको प्रत्यक्ष सरोकार र चासोको बिषय तथा अन्तर्राष्ट्रिय मञ्चमा देशको चर्चा, इज्जत र प्रतिष्ठा बढाउने विधा भएका कारण पनि खेलकुदको नेतृत्वका बारेमा अलिक बढ्ता चासो हुने गर्छ ।

कार्यकालको अन्तिमदिन(सम्भवतः रातको १२ नबज्दासम्म) पनि बिष्टले उही रफ्तारमा काम गरे । सदस्यसचिवको उही रोबरवाफमा उनले चाङका चाङ फाइलमा दस्तखत गर्न भ्याए । यो उनले पाएको जिम्मेवारी र अधिकार नै हो । दोहोरिएर आउँदैछु भन्दै कर्मचारीलाई टसमस गर्न दिएनन् । यो उनको मनोवैज्ञानिक उपचार गर्ने आइडिया थियो । जुन राखेपमा आवश्यक छ । मन्त्रीको कार्यकाल सकिन लागेका बेला सरकारका कर्मचारी मन्त्रीलाई नै टेर्न छाड्छन् । यो नेपालको नियति हो । बिष्टले यो राम्रोसँग बुझेका थिए, त्यसैले उनले यसमा चलाखी अपनाए । नत्र नेपालको कर्मचारीतन्त्रका बारेमा सबै जानकार नै छन् । यहाँ धेरै चर्चा गरिरहनु नपर्ला ।

सदस्यसचिव बिशुद्ध राजनैतिक नियुक्ती गरिने पद हो । राजनैतिक नियुक्ती आफ्ना कार्यकर्तालाई गरिन्छ । यसहिसाबले नेकपासँग लाखौं कार्यकर्ता छन् । यसकै लागि काबिल कार्यकर्ता पनि हजारौं होलान् । प्रतिस्पर्धाबाटै आउन सक्ने ल्याकत भएका कार्यकर्ता पनि सयौंको संख्यामा होलान् ।

देशमा नेकपाको दुई तिहाइको सरकार छ । यस्तोबेला नेकपालाई काम गरेर देखाउने अवसर धेरै छ । पाँच बर्षभित्र जनआकांक्षा पुरा गर्ने चुनौति र अवसरका चाङ छन् । चुनौतिका पहाडलाई पन्छाउँदै आम नेपालीलाई खुशीको शिखरमा पुराउने सुवर्ण अवसर पनि हो यो कार्यकाल । खेलकुद एउटा यस्तो विधा हो, जसले खुशी दिन्छ । खेलकुदले उर्जा दिन्छ, उत्साह थपिदिन्छ, खुशी र सन्तुष्टि दिन्छ । आत्मसम्मान दिन्छ, स्वाभिमानी बन्न सिकाउँछ । जसले जन्मेदेखि मानिसका इच्छा, आवश्यकता र रहर पुरा गरिदिन्छ । बच्चा जन्मेपछि उसको शारीरिक विकासदेखि हरेक मानिसलाई तन्दुरुस्ती राख्न खेलकुद आवश्यक छ । विविध जातजाति, समुदाय र धर्मावलम्बीको बसोबास रहेको नेपाल जस्तो देशका लागि खेलकुद अति आवश्यक छ । खेलकुदमा जातीय र साम्प्रदायिक विभेद कहिल्यै रहेन ।

अझ खेलकुदले एकतामा बल हुने सुत्र सिकाइदिन्छ । शान्ति, सद्भाव, आपसी भाइचाराको विकास गराउँछ । प्रतिस्पर्धाको भावना जगाइदिन्छ ।

प्रतिभाको पहिचान गर्छ, प्रतिफल दिलाउँछ । सफलता चुम्न सिकाइदिन्छ । अन्तर्राष्ट्रिय मञ्चमा देश चिनाउने अवसर दिन्छ । खेलकुद एकमात्र त्यस्तो विधा हो, जसले नेपाललाई बिश्वसामु चिनाउने गरेको छ । नेपाललाई अन्तर्राष्ट्रिय एरिनामा चिनाउने कि त सगरमाथा आरोहण हो कि खेलकुद नै हो ।

लाखौं युवा तथा विद्यार्थीहरुको चासोको क्षेत्र भएका हुनाले खेलकुदको नेतृत्व पनि सुझबुझका साथ ल्याउँदा यो देश र स्वयं नेकपाको दुई तिहाइ सरकारलाई फाइदा हुने हो, जसले गर्दा समग्र खेलकुदले त्यसको लाभ उठाउने स्वभाविक हो ।

सबैभन्दा पहिले त यो पद प्रतिस्पर्धाको माध्यमबाट ल्याउने प्रावधान राखिए राम्रो हुन्थ्यो, यसमा बर्षौंदेखि नेपाल सरकार चुक्दै आएको छ । ऐन परिमार्जन गर्न सकेको छैन । पञ्चायत कालीन शैलीमै राखेप चलिरहेको छ । तत्कालीन अवस्थामा यो पद, नियुक्ती र अधिकार जायज थियो ।

पञ्चायतलाई शासन सत्ता टिकाउन युवा तथा विद्यार्थीलाई राजनीतिप्रति चासो नदिने माहोल तयार गर्नुथियो, त्यसका लागि खेलकुद अचुक मन्त्र थियो । देशभक्ति भावना जगाउँदै युवाहरुलाई खेलकुदमा आकर्षित गराइराख्नु थियो । त्यसैले दरबारले आफ्ना बिश्वासपात्रलाई यस पदमा नियुक्त गरी असिमित अधिकार दिएर अघि बढाएको थियो । अहिले पनि खेलकुदमा चर्चा हुनेगर्छ –‘मन्त्री भन्दा शरदचन्द्र शाह पावरफुल थिए ।’

खेलकुद प्राथमिकतामा पर्ला नपर्ला, तर सबैको चासो भने अवश्य हुन्छ । सायद त्यही भएर होला शरदचन्द्र शाह आम नेपालीको जनजिब्रोमा झुन्डिएको नाम हो । खेलकुदमा चासो राख्ने जोसुकैले बारम्बार सुनिरहेको नाम भएकै कारण शरदचन्द्र शाह सबैको जनजिब्रोमा छन् । उनको नाम यति कालजयी हुनुको एउटै कारण हो ः उनले गरेका काम र परिणाम । देशमा पञ्चायती व्यवस्थाले जरो गाडेको समय थियो । दरबार युवाहरुको चिन्ता र चासो देशको राजनीतिक व्यवस्था प्रति नहोस भन्ने चाहन्थ्यो ।

युवा जमातको रुचिको क्षेत्र खेलकुदमा समस्त युवालाई समाहित गराउन चाहन्थ्यो । विकास, अनुशासन र गतिशिलता नारा दिएर आम युवालाई देशभक्त बनाउने अभियान स्वरुप राखेप बलियो बनाउने परिकल्पना भएको हुनुपर्छ । दरबारलाई बिश्वास पात्र चाहिएको थियो, विदेशमा उच्च शिक्षा हासिल गरेर आएका शरदचन्द्र शाह उपयुक्त पात्र थिए । र, अधिकार सम्पन्न सदस्यसचिवका रुपमा शरदचन्द्र शाहलाई उभ्याइदियो ।

दरबारबाट नियुक्त गरिएका राखेप सदस्यसचिव शरदचन्द्र शाहको बोली नै ऐन थियो, आदेश नै अधिकार थियो । शाह निसन्देह राजाप्रति बफादार थिए । राजा खुशी हुनु नै सम्पुर्ण नेपाली जनता खुशी हुनु हो भन्ने सोच्थे, राजाको राम्रो हुन भनेकै देशको राम्रो हुने हो भन्ने ठान्थे । काम पनि त्यसरी नै गर्थे । बृहत राष्ट्रिय खेलकुद राजाले उद्घाटन गर्ने र युवराज वा अधिराजकुमारले समापन गर्ने परम्परा बसालिएको थियो । राजाको प्रत्यक्ष निगाहमा राष्ट्रिय खेलकुद गराउँदा कमीकमजोरी नरहनेतर्फ राखेप बोर्ड सजग हुन्थ्यो । त्यसले शक्तिसाली राजा र दरबारलाई खेलकुदमा थप काम गर्न प्रेरित गथ्र्यो ।

समय बदलियो । देशमा बहुदलीय प्रजातन्त्र स्थापना भयो । धेरै दलहरु भए । सरकार पनि दुई वा दुई भन्दा बढी दलले मिलीजुली सरकार बनाउने समय आयो । दल पनि गुट र उपगुटमा बाँडिन थाले । ‘राम्रो हैन हाम्रो मान्छे चाहिने अवस्था आयो ।’ यस्तै परिवेशमा राखेप गुज्रिरहेको छ ।

पञ्चायतका खराब पक्ष धेरै होलान्, खेलकुदमार्फत १४ अञ्चलमा पुर्वाधार निर्माण गर्ने र राज्यको उपस्थिति देखाउने प्रभावकारी योजना पनि थियो । खेलकुदमा आम नेपालीको समान अवसर दृढ संकल्प थियो । विकट कर्णालीका हरिबहादुर रोकाय एक उदाहारण हुन् । तसर्थ अलिहे पनि त्यतिबेला खेलकुदमा समान वितरण भएको अग्रजहरु बताउँछन् । युवराज नै राखेप संरक्षक हुन्थे । यसले युवावयका युवराजलाई खेलकुदप्रतिको स्वस्फुर्त रुचीलाई संस्थागत गर्न मद्दत मिल्थ्यो र खेलकुदमा प्रर्याप्त अवसर सिर्जना गर्न गराउन सकिन्थ्यो ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रधानमन्त्री राखेपको संरक्षक रहने प्रावधान छ । मुलुकको कार्यकारी भएका नाताले खेलकुदसँग प्रधानमन्त्रीको सम्बन्धलाई बलियो बनाउने खेलकुदको रणनीति हो । तर यो देशका प्रधानमन्त्रीलाई खेलकुदप्रति चासो रहेको पाइदैन । बिष्ट नेतृत्वको राखेपले त प्रधानमन्त्रीलाई पुरा चार बर्षे कार्यकालमा सायद एकपटक पनि खेलकुदको अनुहार देखाउन पाएन । यो नै बिडम्वना हो । प्रधानमन्त्रीलाई खेलकुद बुझाउन नसक्नु यिनको कमजोरी हो, वा प्रधानमन्त्री यिनीप्रति पुर्वाग्रही बनिदिए बुझ्न सकिएको छैन । जेहोस प्रधानमन्त्री बृहत राष्ट्रिय खेलकुदको निम्तो स्वीकार्न नसक्नु दुर्भाग्य हो ।

बहुदलीय तथा गणतान्त्रिक प्रणालीमा अझ अर्को विकृति पनि झ्याँगिंदै गएको अर्को तीतो सत्य पनि छ । मन्त्री र सदस्यसचिवले आफ्नो अधिकार प्रयोग गरी आफ्नै जिल्ला, क्षेत्रमा विकास लैजान फोहोरी अभ्यास सुरु भएको छ, यसलाई संस्थागत गर्ने गलत संस्कार पनि बस्दै गएको छ ।

यस्तो बेला निकै सुझबुझ र परिपक्व नेतृत्व आउनु जरुरी छ । सरकारसँग बिभिन्न विकल्पमाथि विचार विमर्श गर्दै राखेपमा सदस्यसचिव नियुक्त गर्न सक्ने उपाय छ । पहिलो राखेपको संरक्षक प्रधानमन्त्री तथा बजेट विनियोजनका लागि अर्थमन्त्रीसँग सोझो सम्बाद गर्नसक्ने, योजना बुझाउन सक्ने नेतृत्व हुनुपर्दछ ।

यदि राजनैतिक नियुक्ती गर्ने हो भने केन्द्रिय स्तरमै हैसियत स्थापित गरेको तथा युवा तथा विद्यार्थी आन्दोलनबाट स्थापित भएको कार्यकर्ता ल्याउँदा हुन्छ । युवा तथा विद्यार्थी आन्दोलनबाट जन्मिएको नेता वा कार्यकर्ताले आम युवा विद्यार्थीको मर्म र भावना आत्मसात गर्न सक्ने स्वभावको हुन्छ । जसले खेलकुदलाई युवा विद्यार्थीसँग जोडेर लैजान सक्छ । अर्को विकल्प भनेको आफ्नै कार्यकर्ताहरुबाट सुचिकृत गरी उसको योग्यता, क्षमता र अनुभवलाई आधार मानेर नियुक्त गर्न सकिन्छ । ऐन लागु भएपछि खुला स्पर्धाबाट ल्याउने भनिएको छ, त्यो देशका लागि दीर्घकालीन फाइदा हुने भइहाल्यो ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन