नेपालको पहिलो जित
शुक्रबार, असार २०, २०७६खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशमा जारी फिबा यू-१६ एसियन च्याम्पियनसिप साबा क्वालिफायर बास्केटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ ।
बिहिबार बेलुका भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । नेपालले माल्दिभ्सलाई ७८-३२ अंकले पराजित गरेको हो ।
यसअघि नेपालले लगातार दुई खेलमा पराजय व्यहोरेको थियो । नेपाल पहिलो खेलमा भारत र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।
अब नेपालले शुक्रबार बंगलादेशसँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन् ।







-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)



