पिटर लुम्बिनीको मुख्य प्रशिक्षक नियुक्त
अर्को साताबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि लुम्बिनी अल स्टारले इंग्ल्याण्डका पिटर ट्रेग्रोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । शनिबार लुम्बिनीले इंग्ल्याण्डका पिटरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो ।
















