काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेल आईसीसी टी-ट्वान्टी ब्याटिङ वरीयतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा कुशलको वरीयता एक स्थान सुधार हुँदै ५१ औं स्थानमा पुगेको छ ।
ब्याटिङ तर्फ नै दीपेन्द्र सिंह ऐरीको वरीयता भने ५८ औं स्थानमा यथावत रहेका छ ।
बलिङतर्फ भने सन्दीप लामिछाने १ स्थान तल झर्दै ७१ औं स्थानमा रहेका छन् ।
अलराउण्डर तर्फ दीपेन्द्र सिंह ऐरी १४ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ भारतका सुर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् । बलिङमा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा उक्लिएका छन् ।
टी-ट्वान्टी वरीयतामा नेपाल १६ औं स्थानमा यथावत रहेको छ ।