काठमाडौं । कविता गौतमको कप्तानीमा मधेश प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ ।
मधेश प्रदेश क्रिकेट संघले कविताको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
आगामी पुस २९ गतेबाट ईटहरीमा आयोजना हुने यस प्रतियोगितामा मधेश समूह 'बी' मा रहेको छ । मधेशको पहिलो खेल उद्घाटनको दिन नै प्रदेश नम्बर १ विरुद्ध रहेको छ ।
प्रतियोगिताको ७ माघमा फाईनल खेल रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका प्लेयर अफ द म्याचले ३ हजार प्राप्त गर्नेछन् ।
पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहने छ ।
जनता क्रिकेट पार्कमा हुने यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको छ ।
२ समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।
मधेशको टोली