काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग खेल्दैछ ।
यूएईमा टस हारेर ब्याटिङमा आएको नेपालले खराब सुरुवात गरेको छ । पाकिस्तानविरुद्ध नेपालका ब्याटर खेल्नै सकेका छैनन् ।
तिलक भण्डारीलाई ७ रनमा गुमाएको नेपालका लागि अर्जुन कुमाल २१ रन बनाएर आउट भएका छन् ।
कप्तान देव खनाल १३ बल खेल्दै शुन्य रनमा आउट हुदाँ आकाश त्रिपाठी ६ रनमा पोविलियन फर्किएका छन् ।
गुलसन झा समेत १ रनमा आउट भएका छन् ।
नेपालले २१ ओभरको समाप्तिमा ५ विकेट गुमाएर मात्र ६० रन बनाएको छ ।
पाकिस्तानका बलर नेपालका ब्याट्सम्यान समक्ष हाबी बनेका छन् । नेपालविरुद्ध बलिङ गरेको सबै बलरले विकेट पाएका छन् ।
आमिर हसन, उबेद साह र अली अस्फनले समान एक एक विकेट लिएका छन् । मोहमद जिसनले २ विकेट चट्काएका छन् ।
प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् ।
समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।