काठमाडौं । टी ट्वान्टी सिरिजको चौथों खेलमा भारत र अष्ट्रेलिया शुक्रबार भिड्दैछन् । कानपुरमा हुने सिरिजको चौथों खेल निर्णायक छ ।
पाँच म्याचको टी ट्वान्टी सिरिज जित्न भारतलाई चौथौं खेलमा जितनै पर्याप्त हुनेछ । तेस्रो खेलमा शानदार पुनरागमन गरेको अष्ट्रेलिया भारतलाई रोक्ने प्रयास गर्नेछ र सिरिजको रोमाञ्चकतालाई अन्तिम खेलसम्म पुर्याउने कोेशिश गर्नेछ ।
भारत भ्रमणमा रहेको अष्ट्रेलिया पाँच म्याचको सिरिजमा २–१ ले पछि छ । सिरिजमा फर्कन चौथों सिरिज जित्नैपर्ने दबाब पाहुना टोलीसँग हुनेछ ।
यस टी ट्वान्टी सिरिजमा रनको वर्षा भएको छ । तेस्रो खेलसम्म १ सय २३ चौका र ६५ छक्का प्रहार भएका छन् । भारतनै तिन वटै खेलमा २ सय रनको आँकडालाई सजिलै पार गरेको छ ।
तेस्रो खेलमा ग्लेन म्याक्सवेलले विस्फोटक शतक प्रहार गर्दै २ सय २२ रनको लक्ष्यलाई सजिलै पार गरेका थिए । टी ट्वान्टी विश्वकपको तयारी गरिरहेका दुवै टिम सिरिजमार्फत दबाब बढाउन चाहन्छन् ।
म्याक्सवेलको ब्याटिङले भारतीय बलिङ लाइन पुरै धरासायी बनेको थियो । रवी बिसोनी र अक्षर पटेलले राम्रो सुरुवात दिलाएपनि अश्रदिप सिंह र प्रसिद्ध कृष्णले नियमित लेन्थ भन्दा निकै बाहिर गएका थिए । टिममा फर्किएका मुकेश कुमारले भारतको बलिङलाई केही भरथेग गर्ने अपेक्षा गरिएको छ ।
सिरिजको पहिलो र दोस्रो खेल जित्दै भारत सिरिजमा पुरै हाबी बनेको थियो । तेस्रो खेलमा म्याक्सवेलको आगमनसँगै अष्ट्रेलिया नयाँ रुपमा देखिएको छ । चौथों खेलको नतिजाले धेरै कुरा बोल्नेछ ।