काठमाडौं । देव खनालको कप्तानीमा यू–१९ एसिया कप खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।
राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुलसन झालाई समावेश गर्दै १४ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो ।
देव कप्तान रहेको टिममा गुलसन सहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन् ।
संयुक्त अरब इमिरेट्स यूएईमा हुने प्रतियोगिता मंसिर २२ गतेदेखि पुस १ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा नेपाल समूह एमा रहेको छ । नेपाल रहेको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो दिन पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।
यसअघि प्रतियोगिता पाकिस्तान हुने भनिएको थियो । अन्तिममा यसलाई यूएईमा सारिएको हो ।