काठमाडौं । एलआरआई र निम्सले टीआईए कप १३औं अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
सिनियर छात्रको फाईनल खेलमा सोमबार एलआरआईले भ्यालीपब्लिकलाई ४१–३६ को स्कोरमा हराउदै च्याम्पियन बन्न सफल भयो । एलआरआईको जितमा उत्कृष्ट खेलाडीको उपाधि जितेका लुजन महर्जनले सर्वाधिक २० स्कोर गरे ।
सिनियर छात्राको उपाधि भिड्न्तमा पनि भ्यालीपब्लिक चुक्यो । डोल्मा तामाङको महत्वपूर्ण १७ स्कोरको मद्दतमा निम्सले भ्यालीपब्लिकलाई ३५–२९ को स्कोरमा हरायो ।
प्रतियोगितामा सन्चिता बुढाथोकीले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । ग्रीनल्याण्ड स्कुलका राजिव आलेमगरले प्रतिभावन खेलाडीको उपाधि जिते ।
प्रतियोगितामा अनुशासितका साथ खेल प्रदर्शन गरेका छात्रातर्फ नेश्नल युनाईटेड र छात्रतर्फ कान्तिपुर इ. स्कुलले अनुशासित टिमको उपाधि जिते ।
प्रतियोगिताका बिजेता टिम तथा खेलाडीलाई आयोजक स्कुलका फाउण्डर डा.टुंन्ग्राम ग्याल्टुल रिन्पोचे,अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा,आयोजक स्कुलका प्रिन्सिपल उत्तमराज थापालगायतले पुरस्कृत गरे ।