काठमाडौं । अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ ।
सिनियर ब्वाइजमा एआईएले लिटिल फ्लावरलाई १८–४ ले पराजित गर्यो । एआईएको जितमा ओम प्रकाशले ६ अंक योगदान गरे । जुनियर ब्वाइजमा निश्चल बुढाथोकीको ४ अंक सहयोगमा एआईएले काठमाडौं नेसनललाई १९–४ ले हरायो ।
सिनियर ब्वाइजमा एसियन पब्लिकले केइएसलाई ४९–२२, अक्षर एकेडेमीले चैतण्यलाई ३१–१२, स्वप्न वाटिकाले सनसाइनलाई ३५–२०, हेम्सले काठमाडौं नेसनललाई २५–१२ र अक्सिडेन्टलले भद्रघलेलाई २३–१३ ले पाखा लगाए ।
एसियन पब्लिकका पारस केसीले १९, अक्षरका चक्र खड्काले १९, स्वप्न वाटिकाका संगम श्रेष्ठले १०, हेम्सका चन्द्र लिम्बूले ६ र अक्सिडेन्टलका निराजन भण्डारीले ११ स्कोर गरे ।
जुनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा चैतण्यले इनोभेटिभलाई १९–१०, हेम्सले लिटिल फ्लावरलाई १७–६ र स्वप्न वाटिकाले एसियनलाई ११–४ ले पन्छाए । चैतण्यका निशान्त महतले ६, हेम्सका महेश रानाभाटले ८ र स्वप्न वाटिकाका अभिषेक मल्लले ४ अंक जोडे ।