काठमाडौँ। कप्तान केएल राहुल र दीपक हुड्डाको अर्धशतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १९७ रनको लक्ष्य दिएको छ।
पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको हो। राहुलले सर्वाधिक ७६ रन बनाए। ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे।
यस्तै, दीपकले ३१ बलमा ७ चौकासहित ५० रन बनाए। निकोलस पूरन ११ रनमा आउट हुँदा आयुष बदोनी १८ र क्रुणाल पाड्या १५ रनमा अविजित रहे।
राजस्थानका सन्दीप शर्माले सर्वाधिक २ विकेट लिए। ट्रेन्ट बोल्ड, आवेश खान र रवि अश्विनको नाममा १/१ विकेट रह्यो।