काठमाडौँ। रोयल च्यालेन्जर्स बेंग्लुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २४२ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको बेंग्लुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २४१ रन बनाएको हो।
बेंग्लुरुका ओपनर विराट कोहलीले सर्वाधिक ९२ रन बनाए। ४७ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे।
रजट पाटीदार ५५, क्यामरुन ग्रिन ४६, दीनेश कार्तिक १८ रनमा आउट हुँदा स्वप्रिल सिंह १ रनमा अविजित रहे।
पञ्जाबका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। विधवत कावेरप्पाले २ विकेट लिँदा अर्शदीप सिंह र साम करनको नाममा १/१ विकेट रह्यो।