काठमाडौं । आयोजक न्यु समिट कलेजले त्रिबिबि बिएससी सिएसआईटी अन्तर कलेज बास्केटबल प्रतियोगितामा दोहोरो सफलता पाएको छ ।
आइतबार भएको पुरुषतर्फको खेलमा न्यु समिट कलेजले बनहार्ट कलेजलाई ४४–४० को स्कोरमा हराउदा सुसान्त घिमिरे र समिर तामाङले समान १४ स्कोर गरे ।
महिलातर्फ न्यु समिटले सगरमाथालाई १४–८ ले हरायो । विजेताकी सरिश्ता घिमिरेले ८ स्कोर गरिन् । पुरुषतर्फ नै टेक्सस र सगरमाथा कलेजले पनि सफलता हात पारेका छन् ।
टेक्ससले हिमालयनलाई ४९–३४ तथा सगरमाथाले निष्टलाई १९–१८ को स्कोरमा हराए । टेक्ससका लागि वैभब बस्नेतले १२ स्कोर गर्दा सगरमाथाका अर्जुन महर्जनले ८ स्कोरको योगदान दिएका थिए ।
न्युसमिट कलेजको आयोजनामा संचालन भएको प्रतियोगितामा पहिलो पटक समावेश गरेको महिलातर्फको खेलमा एशियन कलेजले हिमालयनलाई १८–१२ को स्कोरमा स्तब्ध बनायो । एशियनको जितमा सुमिना खड्काले सर्वाधिक ८ स्कोर गरिन् ।
प्रदेश ३ का सभासद गणेश दुलालले उद्घाटन गरेको प्रतियोगिता भाद्र २१ सम्म संचालन हुने छ । उद्घाटनका अवसरमा आयोजक कलेज प्रमुख डा.शिवदत्त ज्ञावली,निर्देशक चोकराज दवाडीलगायतको उपस्थिति रहेको थियो ।
पुरुषतर्फ १० टिमबीच लिगकम नकाउट तथा महिलातर्फ ४ टिमबीच राउण्ड रविनका आधारमा खेल संचालन हुने छ ।