काठमाडौं । आयोजक मोर्गन इन्टरनेसनल कलेज र साइपाल एकेडेमी प्रथम मोर्गन कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
मोर्गनले ट्रिनिटीलाई ३५–२५ ले पराजित गर्यो । मोर्गनको जितमा सिमरन महर्जन र सविना सुवेदीले समान ११–११ अंक योगदान गरे । अस्मिता थापा मगरको १२ अंक सहयोगमा साइपालले एलएलाई ३५–२३ ले हरायो ।
ब्वाइजमा सीसीआरसी र टाइम्स इन्टरनेसनल कलेज उपाधिका लागि भिड्ने भएका छन् । सीसीआरसीले ट्रिनिटीलाई ५१–३८ ले पाखा लगायो ।
सीसीआरसीका अनमोल खत्रीले २८ अंक जोडे । टाइम्सले ज्ञान निकेतनलाई ५६–३६ ले निराश पार्यो । टाइम्सका पेम्बा शेर्पाले २७ स्कोर गरे ।