काठमाडौँ। जेक फ्रेजर मक्गर्कको आक्रामक अर्धशतकसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई २२२ रनको लक्ष्य दिएको छ।
अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२१ रन बनाएको हो।
दिल्लीका ओपनर अभिषेक पोरेरले सर्वाधिक ६५ रन बनाए। ३६ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै, फ्रेजरले २० बलमै अर्धशतक पूरा गरे।
७ चौका र ३ छक्का प्रहार गरेका उनले अभिषेकसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। ट्रिस्टन स्टब्स ४१, गुलबदीन नईब १९ तथा अक्षर पटेल र कप्तान ऋषभ पन्त १५/१५ रनमा आउट हुँदा कुलदीप यादव ५ रनमा अविजित रहे।
राजस्थानका रवि अश्विनले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए। ट्रेन्ट बोल्ड, सन्दीप शर्मा र युजवेन्द्र चहलले १/१ विकेट लिए।