काठमाडौं । यो सिजन रियल म्याड्रिडले आफुलाई स्पेनी ला लिगाको च्याम्पियन घोषित गर्न सफल भएको छ। रियलले आफ्नै घरेलु मैदानमा रेलिगेसनमा परेको काडिजलाई ३-० ले पराजित गर्दै कीर्तिमान उपाधि जितेको हो ।
प्रशिक्षक कार्लो एन्सेलोट्टीको टिमका लागि यो प्रभावशाली रुपमा प्रभुत्व राख्ने अभियान भएको छ, जसले सिजनमा एक खेलमा मात्र हारको सामना गरेको छ । गत सेप्टेम्बर २४ मा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग उसकै घरेलु मैदानमा ३-१ को हार बाहेक बाँकी लिगका २८ खेलमा अपराजित रहेको छ।
बेलिंघमको प्रभावशाली डेब्यू
बोरुसिया डर्टमुन्डबाट जुन २०२३ मा भित्र्याएको जुड बेलिंघमलाई रियलको लागि निकै भाग्यशाली खेलाडीको रुपमा हेरिएको छ । डेब्यू खेल देखि नै गोल गर्न सफल बेलिंघम आफ्नो घरेलु मैदानको डेब्यूमा पनि अन्तिम मिनेट निर्णायक गोल गर्ने खेलाडी हुन् । उनको डेब्यू स्पेनमा निकै सफल मानिएको छ । उनले एल क्लासिकोका दुई खेलको इन्ज्युरी टाइममा गोल गर्दै रियललाई जित दिलाउँदै ला लिगा सिजनका उत्कृष्ट खेलाडीको पनि उपाधि जितेका छन् ।
इंग्ल्यान्डका मिडफिल्डर बेलिंघमले लिगमा १८ गोल गरेका छन् । उनी कडा मेहेनत गर्दै बक्स टु बक्स खेल्छन् र आफ्नो टिमका साथीहरूका लागि अवसर पनि सिर्जना गर्ने क्षमता देखाएका छन् । यसले उनलाई बेर्नाबाउका समर्थकहरूको मन जित्न सहयोग गरेको छ। म्याड्रिडको मिडिया मार्काको पछिल्लो लेख “तत्काल र फरक प्रभाव” भनेर हाइलाइट गरेको छ ।
२० बर्षीय जवान युवकले वास्तवमै असाधारण नेतृत्वको गुण देखाएका छन् । उनले सुपरस्टारहरूले भरिएको ड्रेसिङ्ग रूममा प्रवेश गरी उच्च तहका प्रतिभाले भरिएको टिमका मुख्य खेलाडीका रूपमा सम्मान प्राप्त गरेका छन् । बेलिंघमम विश्व स्तरीय खेलाडी हुन् भन्ने चर्चालाई उनले यस सिजन गरेको उत्कृष्ट प्रदर्शनबाट सावित भएको छ, जसले उनलाई यस वर्षको बालोन डि’अरको लागि प्रमुख उम्मेदवार बनाएको छ ।
रियल कुनै एक खेलाडीमा निर्भर रहेन । करिम बेन्जेमा बाहिरिएपछि ब्राजिलियन फर्वार्डहरु भिनिसियस जुनियर र रोड्रिगो पहिलाभन्दा सेन्ट्रलमा तथा खुला रुपमा खेल्न थाले । बेलिंघमले “फल्स ९” को जिम्मेवारी निर्वाह गरे । लिगमा भिनिसियसले १३ र रोड्रिगोले १० गोल गरेका छन् । रियलमा पहिलो सिजन नै वैकल्पिक फरवार्डको जोडीले पनि गतिलो यायेगदान गरेको छ । ब्राहिम डियाजले ६ गोल र ४ असिस्ट गरेका छन् भने जोसेलुले १३ खेलमै ९ गोल गर्न भ्याएका छन् । यसले रियललाई ७४ गोलसहित ला लिगामा सबभन्दा बढी गोल गर्ने टिम पनि बनाएको छ । लगातारको अवसर सिर्जना गरेर एन्सेलोटीलाई नियमित रूपमा टिमलाई हेरफेर गर्न र स्टार खेलाडीलाई फिट राख्ने मौका पनि दिएको छ ।
चोटलाई छिचोलेको डिफेन्स
दीर्घकालीन चोटको बाबजुद पनि गोलकिपर टिबाउट कोर्टुवा र डिफेन्डर डेविड अल्बा र एडर मिलिताओले रियलको सफलतामा प्रभावशाली भुमिका खेलेका छन् ।
खेलाडी परिवर्तनले रियललाई ठुलो मद्दत गर्यो । युक्रेनी गोलरक्षक एन्ड्री लुनिनको प्रतिस्थापन विशेष रह्यो । २५ बर्षीय लुनिनले रियलको लागि ९ खेलमात्रै सुरु गरेका थिए र केपाको चुनौती अन्त्य गरिदिए । केपालाई कोर्टुवा घाइते भएपछि प्रिमियर लिग क्लब चेल्सी बाट ऋणमा ल्याइएको थियो । आत्मविश्वासी प्रदर्शनसँगै लुनिन सोंच्न बाध्य नपारी पहिलो रोजाईका वैकल्पिक गोलकिपर दरिए । त्यसको परिणाम कर्टुवाको पछिल्लो समय पूर्ण फिट भएर फर्कनु पनि पनि च्याम्पियन्स लिगको चुनौतीमा पहिलो रोजाईका गोलकिपरमा पुनर्स्थापित गर्ने ग्यारेन्टी गर्दैन।
डिफेन्डर एन्टोनियो रुडिगरले एक उत्कृष्ट अभियानको आनन्द लिएका छन् । बेर्नाबाउमा पछिल्लो सिजनको निरासालाई सुधार गर्दै उनी उच्च प्रतिस्पर्धी भावनाकासाथ लोकप्रिय बनेका छन् । घाइते खेलाडीहरुको परिपूर्तिका लागि आफ्ना श्रोत साधनलाई शान्तपूर्वक व्यवस्थापन गर्दै एन्सेलोटीले निकै प्रसंसानीय काम गरेका छन् । तीन स्टार डिफेन्डरलाई गुमाएर पनि रियलले ३४ खेलमा २२ गोल मात्र खाएर ला लिगामा नै सबैभन्दा उत्कृष्ट डिफेन्डरको रेकर्ड राखेको छ।
जादूयी मिडफिडर
उत्कृष्ट फरवार्ड लाइन, बलियो र संगठित डिफेन्सको बीचमा प्रदर्शनको स्तर र परिमाण दुवै हिसाबले फुटबलको उत्कृष्ट मिडफिल्डले भरिएको टिम हो, रियल ।
बेलिंघमको लागि लुका मोड्रिच अब एक वरिपरिको उपस्थिति बनेको छ र उनले सिजनको अन्त्यमा क्लब छोड्न सक्ने सम्भावना रहेको छ । तैपनि ३८ वर्षीया उनी अझै पनि आवश्यक पर्दा उच्चस्तरको खेल प्रदर्शन गर्न सक्ने खेलाडी हुन् । गत २५ फेब्रुअरीमा सेभियाविरुद्ध २० यार्डबाट प्रहार गरेको उनको अविस्मरणीय गोलले जित निकालेको थियो ।
मोड्रिचका पुराना साथी टोनी क्रुजले निकै बलियो उत्साहकासाथ आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको विपक्षीलाई पन्छाउने नियमित पास र दबाबलाई प्रतिरोध गर्ने क्षमता अझै पनि अरूभन्दा राम्रो छ । उनले ला लिगामा अन्य खेलाडीहरूभन्दा “फाइनल थर्ड”मा बढी पासहरू दिएका छन्।
उरुग्वेका फेडेरिको भल्भेर्डे उत्कृष्ट खेलाडी हुन् र उनी रियलको लागि लिगमा सबैभन्दा बढी समय मैदानमा रहेका छन् । बेलिंघम आगमनपछि आवश्यक भूमिकालाई न्याय भएको छ । युवा फ्रान्सेली जोडी एडुआर्डो कामाभिंगा र औरेलिन चौमेनीले एन्सेलोटीको टिमलाई उच्चस्तरीय मिडफिल्डरहरूको संख्या आधा दर्जन बनाइदिएका छन् । उनीहरुले समान मापनमा सुन्दरता र शक्ति संयोजन गर्नुका साथै डिफेन्सका चार स्थानमा कहिलेकाँही खाली ठाउँ भर्नको लागि निकै मेहेनत पनि गर्छन् ।
सबै प्रकारका खेलाडी अनुकूल डिफेन्स र एक अतुलनीय मिडफिल्डकासाथ सबै चकित पार्ने व्यवस्थापकद्वारा नियन्त्रित रियललाई एकदमै पूर्ण टिम मान्न सकिन्छ ।
खेलाडीहरु विभिन्न शैलीहरूमा प्रभावकारी देखिएका छन् । खेल आफ्नो कब्जामा राखी प्रतिस्पर्धीलाई दबाबमा राख्छन् । तीब्र गति र उद्देश्यका साथ काउन्टर आक्रमण गर्दछन् । र, कठिन अवस्थामा पनि जितका लागि आत्मविश्वासी भएर खेल्न सक्छन् । आफैमा विश्वास गर्नु नै सबभन्दा ठूलो हो ।
यी व्यक्तिगत र सामूहिक गुणहरूको मिश्रणले एन्सेलोटीका पुरुषहरूले दुर्लभ रूपमा आरामदायी अवस्थामै घरेलू लिगको उपाधि पाएको छ । र, यो टिमले फेरि पनि युरोमा आफूलाई राजा सावित गर्नसक्छ ।
स्रोत : एजेन्सीहरु