• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
एसियन गेम्सको सातौं दिन : सुन्य पदक, बक्सिङ र करातेमा आशा
खेलपाटी संवाददाता
शुक्रबार, भदौ ८, २०७५ खेलपाटी संवाददाता
एसियन गेम्सको सातौं दिन : सुन्य पदक, बक्सिङ र करातेमा आशा

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत सातौं दिन शुक्रबार नेपालको प्रदर्शनमा चमत्कार हुन सकेन । नेपालले पदकबिहिन यात्रा कायम राख्यो ।

अघिल्ला संस्करणको भन्दा बढी पदक जित्ने लक्ष्यसहित इन्डोनेसिया पुगेको नेपालले शुक्रबार आधा दर्जन बढी खेलमा प्रतिस्पर्धा गरेपनि प्रदर्शन औषत पनि रहेन । नेपालका अधिकांस खेलाडी पराजित भयो । अधिकांस खेलका खेलाडी दोस्रो चरण पुग्न सकेन । पौडीतर्फ नेपालको चुनौती समाप्त भयो ।

नेपाल सातौं दिन सकिदा पदकबिहिन बनेको नेपालले अब मार्सल आर्ट्स अन्तर्गत कराते र बक्सिङमा पदकको आशा गरेको छ । बक्सिङ शुक्रबार सुरु भईसकेको छ । तर, पहिलो खेलमा नेपालकी संगीता सुनार पहिलो चरणमै रोकिईन् ।

कराते खेल सुरु हुन बाँकी छ । नेपालले पदकको आश गरेको तेक्वान्दोको चुनौती समाप्त भईसकेको छ ।

एसियन गेम्समा नेपाल पदकको प्रतिक्षामा रहदा चीनले आफ्नो शीर्ष स्थान यथावत राखेको छ । चीनले ६६ स्वर्णसहित कुल १३९ पदक जितेको छ । दोस्रो स्थान रहेको जापान २९ स्वर्णसहित कुल १०३ पदक जितेको छ ।

२३ स्वर्णसहित कुल ७८ पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ । भारतले ६ स्वर्णसहित कुल २५ पदक जितेको छ ।

नेपालको दोस्रो दिन कस्तो रह्यो ?

भलिबल -

पुरुष भलिबलमा नेपाल पराजित भएको छ । समूह ‘सी’ को लिगमा नेपाल दक्षिण कोरियासंग २५–१६, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित भयो । नेपाल यसअघि चाइनिज ताइपेईंसं पनि ३–० को सोझो सेटमा पराजित भएको थियो । पुरुष भलिबलमा २० राष्ट्र सहभागी छन् ।

पौडी -

पौडीमा नेपाली खेलाडीले कुनै पनि स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् । नेपालबाट ४ खेलाडी सहभागी थिए । सबैको चुनौती समाप्त भइसकेको छ । चारै खेलाडी हिट चरणबाटै बाहिरिए ।

शुक्रबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह र टीसा शाक्य ५० मिटर फ्रिस्टायलमा क्रमशः २१ औं र २३ औं स्थानमा रहे । निर्धारित दूरी गौरिकाले २८.५० तथा टीसाले २९.६१ सेकेन्डमा पूरा गरे । ३१ खेलाडीले सहभागिता जनाएका थिए ।

पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपालका शुभम् श्रेष्ठ सहभागी ३६ मध्ये ३२ औं भए । उनले निर्धारित दूरी तय गर्न ३२.४५ सेकेन्ड समय खर्चे । शिरिषको स्पर्धा यसअघि नै सम्पन्न भइसकेको छ ।

स्पोर्ट क्लाइम्बिङ -

पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष बोल्डरिङको छनोट चरणमा नेपालका प्रणीलमान श्रेष्ठ र पेम्बा शेर्पा बाहिरिएका छन् । दुवै खेलाडी समग्रमा २१ औं स्थानमा रहे । 

यसअघि प्रणील र पेम्बा पुरुष स्पिड्स र पुरुष कम्बाइनको छनोट चरणबाटै बाहिरिएका थिए । अब नेपालले शनिबार पुरुष कम्बाइन लिडको छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ । 

ब्याडमिन्टन –

ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका रत्नजित तामाङ र विकास श्रेष्ठ शुक्रबार पराजित भएका छन् ।

रत्नजित दक्षिण कोरियाका खेलाडीसंग २१–८ र २१–११ तथा विकास जापानका खेलाडीसंग २१–९ र २१–१० को सोझो सेटमा पराजित भए ।

महिला डबल्समा नेपालका अमिता गिरी र रशिला महर्जनको जोडीलाई दक्षिण कोरियाली जोडीले २१–७ र २१–१ ले सहजै हराए ।

नेपालले शनिबार दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । महिला सिंगल्समा नेपालकी नङशल तामाङले जापान तथा पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले इन्डोनेसियाका खेलाडी विरुद्ध खेल्नेछन् ।

आर्चरी –

आर्चरीको रिकर्भ मिक्स टिम इभेन्टमा नेपाल पराजित भएको छ । नेपाल किर्गिस्तानसंग ५–४ ले पराजित भयो । नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले शनिबार पुरुष रिकर्भ टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । नेपाली टिममा तिलक पुन मगर, रोशन नगरकोटी र मिनप्रसाद गौचन छन् ।

फेन्सिङ -

फेन्सिङतर्फ पुरुष फोइल टिममा नेपालले हार व्यहोरेको छ । नेपाल फिलिपिन्संग ४५–३ को फराकिलो अन्तरले पछि प¥यो । नेपालबाट राजनराज खड्का, महेशप्रसाद भाट, सन्जिप लामा र शेरसिंह ऐरीले खेलेका थिए ।

बास्केटबल -

पुरुष थ्री बाइ थ्री बास्केटबलको समूह चरणको खेलमा नेपाल चौथो भएको छ । ६ राष्ट्र सहभागी समूह ‘सी’ को खेलमा शुक्रबार नेपालले १ मा वाक ओभर, १ मा जित र १ मा हारको सामना गर्यो । 

नेपालले माल्दिभ्सबाट वाक ओभर पायो । नेपालले जोर्डनलाई २१–१० ले पराजित ग¥यो । नेपालको जितमा आशिष बस्नेतले सर्वाधिक १३ अंक योगदान गरे । सिरिया विरुद्ध नेपाल २१–१९ ले पछि पर्यो  । आशिषले नै सर्वाधिक स्कोर गर्ने क्रममा ९ अंक बटुले ।

त्यसअघि नेपाल कतार र जापानसंग पराजित भएको थियो । थ्री बाइ थ्रीअन्तर्गत महिलामा नेपालले शनिबार जापान र मंगोलिया विरुद्ध खेल्नेछ ।

बक्सिङ -

बक्सिङको पहिलो दिन एक नेपाली खेलाडीले मात्र प्रतिस्पर्धा गरिन् । महिला ५७ केजीमा नेपालकी संगीता सुनारलाई ५–० ले पराजित गर्दै थाइल्यान्डकी निलावान क्वाटरफाइनलमा प्रवेश गरिन् ।

बक्सिङमा नेपालबाट ५ पुरुष र ३ महिला गरी ८ खेलाडी सहभागी छन् । शनिबार तेजबहादुर देउवाले पुरुष ४९ केजी, भुपेन्द्र गुरुङले पुरुष ६४ केजी र पुनम रावलले महिला ६० केजीमा प्रतिस्पर्धा गर्नेछन् । बक्सिङ टोली थाइल्यान्डमा ४५ दिनको वैदेशिक प्रशिक्षणपछि त्यत्तैबाट एसियाडमा सहभागी हुन इन्डोनेसिया आएको हो ।

गल्फ -

गल्फको पुरुष व्यक्तिगत स्पर्धाको दोस्रो चरणसम्म नेपालका शुक्रबहादुर राई संयुक्त रुपमा ५५ औं स्थानमा छन् । ५५औं स्थानमा सिंगापुर, बंगलादेश र कतारका खेलाडी पनि छन् । टंक कार्की युएई, ब्रुनाइ र बंगलादेशका खेलाडीसंगै संयुक्त रुपमा ६२ औं स्थानमा छन् । यस्तै अजित विके ७४ औं स्थानमा छन् भने पृथ्वी मल्ल संयुक्त रुपमा ७८ औं स्थानमा छन्। ७८औं स्थानमा उज्वेकिस्तानका खेलाडी पनि छन् । यो स्पर्धामा ८७ खेलाडी सहभागी छन् ।

गल्फको पुरुष टिम इभेन्टमा नेपाल १७ औं स्थानमा छ । यो स्पर्धामा २० टिमले भाग लिएका छन् । गल्फ आइतबारसम्म जारी रहनेछ ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
पुरुषमा सेमिफाइनल समीकरण पूरा
पुरुषमा सेमिफाइनल समीकरण पूरा
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP