पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीमा प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा पुगेका छन्।
आइतबार भएको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १-० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
खेलको पहिलो क्वाटरमा पुर्णिमा राईले गरेको गोल नै प्रदेश १ को जितमा निर्णायक बन्न पुग्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् ।
दोस्रो खेलमा नेपाल आर्मीले ३-० को गोल अन्तरले सुदुरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै थियो । भोलि प्रतियोगिताको पाँचौ दिन बागमती प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।
यसअघि लगातार दुई खेल जितिसकेको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।