काठमाडौँ। उपाधि जितिसकेको अल हिलालले साउदी प्रो लिगमा अल फतेह एफसीलाई पराजित गरेको छ।
किङ्डम ऐरेनामा शुक्रबारराति सम्पन्न खेलमा घरेलु टोली हिलालले फतेहलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
खेलको ५७औँ मिनेटमा क्रिस्टियन टेलोको पासमा लुकास जेलारायनले गोल गर्दै फतेहलाई शुरूआती अग्रता दिलाएका थिए।
तर, त्यसको एक मिनेटपछि नै माइकलले गोल गर्दे हिलाललाई खेलमा फर्काए। ७४औँ मिनेटमा रुबेन नेभ्सले पेनाल्टीमार्फत गोल गर्दै हिलाललाई २-१ को अग्रता दिलाए।
दोस्रो हाफको इन्ज्युरी समयको १५औँ मिनेटमा अली अल बोलाहीले गोल गर्दै हिलाललाई ३-१ ले जिताए।
जितसँगै शीर्ष स्थानको हिलालले २८ खेलबाट ८० अंक जोडेको छ। पराजित फतेहको २९ खेलबाट ४० अंक रहेको छ।