हेटौँडा। प्रकाश दाहाल स्मृति पहिलो बागमती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौँडा महानगरपालिकाले जितेको छ।
उपाधि जित्ने क्रममा हेटौँडाले बुधबार भएको फाइनल खेलमा उत्कृष्ट कमब्याक गर्दै थाहा नगरपालिकालाई २१–२५, १७–२५, २५–१६, २५–१५, १५–४ ले पराजित गर्यो।
प्रतियोगितामा महांकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भए। उपाधि विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने दुवै टोलीले एक–एक लाख रुपैयाँ पुरस्कार पाए।
थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए। उपाधि विजेता हेटौँडाका सुजन चोखालले उत्कृष्ट सेटर, उत्कृष्ट लिबरो, हेटौँडाका राजन दर्लामी मगर घोषित भए। महांकाल गाउँपालिकाका जीवन सुनार उत्कृष्ट ब्लकर भए।
यसैगरी, उपाधि विजेता हेटौँडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक भए। विधागत उत्कृष्ट हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाए। उपाधि विजेता टोली तथा खेलाडीलाई आयोजक टोलीकी संयोजक डोल्मामाया गोले लगायतले पुरस्कार प्रदान गरे।