निर्धारित दूरी २ घन्टा ४२ मिनेट ५० सेकेडमा उनले पूरा गरेकी हुन्। सन् २०२४ जनवरीमा भएको बंगबन्धु ढाका म्याराथनमा स्वर्ण जित्दा उनले राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन्। त्यो २ घण्टा ४६ मिनेट २३ सेकेन्ड थियो । उनको यो डेब्यु म्याराथन थियो।
लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीबार बेलायत जाने भएकी छन्।
नेपाल आर्मीकाद्वय होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको त्रिशुली अल्ट्रा रेसमा शनिबार पहिलो भएका छन् । पुरुषमा होमलाल र महिलामा सुनसरी पहिलो भएका हुन् ।
१९औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता हुने भएको छ। यो म्याराथन हरेक वर्ष फागुनको पहिलो साताको शनिबार हुँदै आएको छ।
७७७ नेपाल म्याराथन्स च्यालेन्ज फागुन पहिलो सातादेखि सुरु हुने भएको छ।
काठमाडौं पिंक केयरएथन चैत ९ गते हुने भएको छ। महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले लेजर पोर्ट नेपालले केयरएथन गर्न लागेको हो।
त्रिभुवन आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले शनिबार चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन्।
यही दौडअन्तर्गतकै हाफ (५६ किलोमिटर) स्पर्धामा अघिल्लो दिन शुक्रबार सुनमायाकी बहिनी राममाया बुढाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक हात पारेकी थिइन्।
जापानका कोबायासी योहेइले शनिबार हुने १६औं काठमाडौं म्याराथनमा दौड्ने भएका छन् । ओसाका म्याराथनमा सहभागिता जनाइसकेका उनले पुरुष म्याराथन (४२.१९५ किलोमिटर) मा दौड्ने भएका हुन् ।
नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।