काठमाडौंमा ‘पिंक केयरएथन’ हुने
बिहिबार, २४ माघ २०८१खेलपाटी संवाददाता

काठमाडौं। काठमाडौं पिंक केयरएथन चैत ९ गते हुने भएको छ। महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले लेजर पोर्ट नेपालले केयरएथन गर्न लागेको हो।
केयरएथनमा महिलाको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ। यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यस पटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको हो।
लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तीन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो। यो वर्ष पनि भव्य रूपले कार्यक्रम आयोजना हुने आयोजक संस्थाको दाबी छ।





-1765118145135.jpg&w=3840&q=75)







-1771379804067.webp&w=3840&q=75)


-1771347430499.jpeg&w=3840&q=75)