हङकङमा कोर्स रेकर्ड बनाउँदै सुनमायाले जितिन् उपाधि

काठमाडौं। नेपाली ट्रेल रनर सुनमाया बुढाले कोर्स रेकर्ड बनाउँदै हङकङ १०० को उपाधि जितेकी छन्। उनले १०३ किलोमिटर दूरी ११ घन्टा ११ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै कोर्स रेकर्डसहित उपाधि कब्जा गरेकी हुन्।
जुम्लाकी सुनमायाले शनिबार सम्पन्न दौडमा सफलता हात पार्ने क्रममा पाँच वर्षअघि जियाङ फुजाओले बनाएको ११ घन्टा २८ मिनेट २१ सेकेन्डको कोर्स रेकर्ड तोडेकी हुन्। उनले हङकङकी धाविका भेरोनिका लेङको कडा चुनौती सामना गर्नुपर्यो।
अन्त्यतिर केही किलोमिटर बाँकी छँदामात्रै सुनमायाले भेरोनिकालाई पछाडि पारेकी थिइन्। भेरोनिका ११ घन्टा २५ मिनेट २२ सेकेन्डसाथ दोस्रो भइन् भने भियतनामकी हाउ हा थी १२ घन्टा ९ मिनेट ३७ सेकेन्डसहित तेस्रोमा रहिन्।
दौड जितेपछि सुनमायाले भनिन्, ‘एकदमै खुसी महसुस भएको छ। अब आरा मगर्न चाहान्छु।’ उनले थपिन्, ‘यो निक्कै प्रतिस्पर्धात्मक रह्यो। ८० मिलोमिटरसम्म युद्धजस्तै भयो र दौड्दा निक्कै गाह्रो पनि लाग्यो। सुरुका ५० किलोमिटर सम्म सतहमा थियो। त्यसपछि धेरै उकालीओराली थियो र निक्कै टेक्निकल पनि।’
यही दौडअन्तर्गतकै हाफ (५६ किलोमिटर) स्पर्धामा अघिल्लो दिन शुक्रबार सुनमायाकी बहिनी राममाया बुढाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक हात पारेकी थिइन्। उनले पाँच घन्टा ३४ मिनेटमा दूरी पार गर्दै चीनकी झोउ रुइफाङको कोर्स रेकर्ड तोड्दै सफलता हासिल गरेकी थिइन्। र, यो उनको विदेशी भूमिमा पहिलो प्रतियोगिता पनि हो।
जापानकी नम्बर १ ट्रेल रनर युरो योसिजुमी पाँच घन्टा ५८ मिनेटसाथ दोस्रो भइन् भने चीनकी याङ यान ६ घन्टा १३ मिनेटमा दूरी पार गर्दै तेस्रोमा रहिन्।









copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)
