काठमाडौं । घरेलु टोली नेपालविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा युगान्डाले सुरुआतमा ब्याटिङ गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले तेस्रो विकेट गुमाएको छ।
युगान्डाले १२ ओभर १ बलमा ३ विकेट गुमाएर ४८ रन जोडेको छ ।
नेपालकी कविता कुँवर रुबिना क्षेत्री र इन्दु बर्माले १/१ विकेट लिएकी छिन् ।
नेपाल आज युगान्डालाई हराएर सिरिजमा सुखद सुरुआतको योजनामा रहेको छ । युगान्डा पनि जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ ।