काठमाडौं । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको प्रि-क्वाटरफाइनलको दोस्रो खेलमा अहिले विभागीय टिम एपीएफ र झापा-११ बीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र झापाले गोलरहित बराबरी खेलेका छन् ।
दुवै टिमले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो ।
यस खेलको विजेताले क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।
यस अघि बिहिबार पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै आयोजक सहारा क्लब क्वाटरफाइनलमा पुगीसकेको छ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार एपीएफ क्लब र झापा-११ बीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।