काठमाडौँ। विराट कोहली रोयल च्यालेन्जर्स बेंगलोरका लागि ओपनिङ ब्याट्सम्यानका रूपमा इन्डियन प्रिमियर लिग (आईपीएल)मा ४ हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्।
हैदरावादविरुद्ध कोहलीले ४३ बलमा ५१ रनको इनिङ्स खेलेक थिए। यस क्रममा उनको ब्याटबाट ४ चौका र १ छक्का निस्किएको थियो। यो सिजन उनको यो चौथो अर्धशतक हो।
३५ वर्षीय कोहलीले आईपीएलमा ओपनिङ ब्याट्सम्यानका रूपमा ४ हजार ४१ रन बनाएका छन्। योसँगै उनी शिखर धवन र डेभिड वार्नरको क्लबमा समावेश भएका छन्। सूचीमा पञ्जाब किंग्सका कप्तान धवन शीर्ष स्थानमा छन्। उनले अहिलेसम्म ६ हजार ३६२ रन बनाएका छन्।
योसँगै दिल्ली क्यापिटल्सका स्टार ब्याट्सम्यान वार्नरको नाममा ५ हजार ९०९ रन छ। तेस्रो स्थानमा अनुभवी ब्याट्सम्यान क्रिस गेलको नाम छ। उनले ४ हजार ४८० रन बनाएका छन्। यो सूचीमा विराट चौथो नम्बरमा छन्।