काठमाडौँ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आईसीसी टी–२० विश्वकप उपाधि जिते प्रत्येक खेलाडीलाई १ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।
पीसीबी अध्यक्ष मोहसिन नकवीले उक्त घोषणा गरेका हुन्।
पाकिस्तानीले सोमबारदेखि आयरल्यान्ड र इङ्ग्ल्यान्डसँगको टी–२० शृंखला खेल्दै छ। यसअघि नकवीले खेलाडीहरूसँग भेट गरेका थिए। भेटमा उनले खेलाडीलाई पुरस्कारको घोषणा गरेका हुन्। 'उनले खेलाडीलाई कसैको चिन्ता नगरि देशका लागि खेल्ने सुझाव दिएका थिए ।
'तपाईहरुबाट देशले धेरै आशा राखेको छ, त्यो पूरा गर्नुपर्छ,' उनले भने।
यसक्रममा पीसीबी अध्यक्षले विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई टी–२० मा ३ हजार रन पूरा गरेकोमा बधाइ दिएका थिए। यसका साथै उनले तीव्रगतिका बलर नसिम शाहलाई पनि टी-२०मा १०० विकेट पूरा गरेको भन्दै बधाइ दिएका थिए।