काठमाडौं । १८ औं संस्करणको आहा ! रारा गोल्डकपको पहिलो खेलमा अहिले आयोजक सहारा क्लब पोखरा र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आयोजक र ब्रिगेडले गोलरहित बराबरी खेलेका छन् ।
दुवै टोलीले पहिलो हाफमा पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । 'ए' डिभिजन क्लब ब्रिगेडका विजय गुरुङले पहिलो हाफको अन्तिम समयमा गोलको सुनौलो अवसर खेर फालेका थिए ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।