काठमाडौँ। अर्जेन्टिनाका सेन्ट्रल मिडफिल्डर एन्जो फर्नान्डेजले हर्नियाको शल्यक्रिया गर्ने भएका छन्।
इङ्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीबाट खेलिरहेका उनले आफ्नो पीडा कम गर्न हरेक खेलअघि इन्जेक्सन लगाइरहेको बताइन्छन्।
अवस्था अवस्था झन् झन् बिग्रँदै गएपछि उनले शल्यक्रिया गर्ने विचार गरेको बेलायती मिडियाहरूले जनाएका छन्। स्वास्थ्य अवस्था ठिक नभएपनि उनी एभर्टनविरुद्धको खेलमा टोलीमा थिएनन्।
शल्यक्रिया भए उनी तीन हप्ता मैदान बाहिर हुनेछन्।