काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल नियमित ओपनर कुशल भुर्तेललाई आराम दिएका छन्।
पहिलो खेलमा भुर्तेलले १६ रन बनाएका थिए। १२ बल खेलका उनले ३ चौका प्रहार गरेका थिए। दोस्रो खेलमा पनि भुर्तेल चल्न सकेनन्। ८ बल खेलेका उनले १ रन बनाएका थिए।
यस्तै, तीव्रगतिका बलरद्वय सोमपाल कामी र प्रतिश जीसीले पनि आराम पाएका छन्।