काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीको कप्तानी गर्ने भएका छन्। मुख्य प्रशिक्षक मोन्टी देसाईंले सानदार खेल प्रदर्शन गरिरहेका नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिएका हुन्।
वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा रोहितले ११२ रनको शतकीय इनिङ्स खेलेका थिए। ५४ बल खेलेका उनले १० चौका र ६ छक्का प्रहार गरेका थिए।
दोस्रो खेलमा पनि रोहितले उही लयलाई पछ्याउँदै नेपालको स्कोर कार्डमा ७१ रन थपेका थिए। ४८ बल खेलेका उनले अविजित रहँदै ६ चौका र २ छक्का प्रहार गरेका थिए।