काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता सुधार भएको हो ।
नयाँ वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा रहेको थियो ।
नेपालले हालै बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल इटेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ ।
नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ६ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५४ औं स्थानमा रहेको छ ।
नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १ सय ९२ औं, भुटान १ सय ८५ औं, पाकिस्तान १ सय ९४ औं र श्रीलंका २ सय ७ औं स्थानमा रहेका छन् ।
नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ । यस्तै बेल्जियम दोस्रो, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन्।
इटाली छैटौं, स्पेन सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।