काठमाडौं । स्पेनिस क्लब सेभियाले मुख्य प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको छ ।
च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमण्डसँग पराजित भएपछि सेभियाले जुलेनलाई बर्खास्त गरेको हो ।
च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति सेभिया जर्मन क्लबसँग ४-१ ले पराजित भएको थियो ।
५६ वर्षीय स्पेन तथा रियल मड्रिडका पूर्व प्रशिक्षक जुलेन २०१९ मा सेभियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
जुलेनले सेभियालाई युरोपा लिगको उपाधि दिलाएका थिए ।
पछिल्लो समय उनी उल्भ्सको मुख्य प्रशिक्षक नियुक्त हुने चर्चा रहेको छ ।