काठमाडौँ। रेलिगेशन जोनमा रहेको स्वयम्भू क्लबमाथि शहिद स्मारक ‘सी’ डिभिजन लिगमा झम्सिखेल यूथ क्लबले कठिन जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बुधबार सम्पन्न खेलमा झम्सिखेलले स्ययम्भूलाई १-० गोल अन्तरले पराजित गरेको हो।
झम्सिखेलका लागि अविनाश चौधरीले खेलको २८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै पाँचौँ स्थानमा उक्लिएको झम्सिखेलले ७ खेलबाट १० अंक जोडेको छ। ७ खेलबाट १ अंक जोडेको स्वयम्भू पुछारमा छ।