काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसन र श्री भगवती क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा मध्यपुर र श्री भगवतीले गोलरहित बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलमा पाएको अवसरमा दुबै टोली गोल गर्न चुकेका थिए ।
यस बराबरीसँगै मध्यपुरले ११ खेल १४ अंक जोडेको छ ।
श्री भगवतीले ११ खेल १५ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।