काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार राति भएको खेलमा युनाईटेड र लेस्टरले एक एक गोलको बराबरी खेलेका हुन् ।
खेलको ६३ औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई हारबाट जोगाए ।
खेलको ८० औं मिनेटमा लेस्टरका म्याडिसनको गोलले मान्यता पाएन । गोल अघिको फउलको कारण रेफ्रीले भीएआरको सहायतामा उनको गोललाई मान्यता दिएन ।
यस बराबरीसँगै युनाईटेडले ३० खेलमा ५१ अंक जोडेको छ ।
युनाईटेड छैटौं स्थानमा रहेको छ ।
लेस्टर ३७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।