काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा डिएगो जोटा र फाबिन्होले एक एक गोल गरे ।
खेलको २२ औं मिनेटमा जोटाले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए।
त्यसपछि खेलको ८९ औं मिनेटमा फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।
जितसँगै लिभरपुलले ३० खेलमा ७२ अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
वाट्फोर्ड २२ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।