काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।
शनिबार राति भएको खेलमा चेल्सीलाई ब्रेन्टफोर्डले ४-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो ।
खेलको ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
५० औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को स्थितिमा ल्याए ।
खेलको ५४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै ब्रेन्टफोर्डलाई २-१ को बनाए ।
खेलको ६० औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-० को जित दिलाए ।
यस जितसँगै ब्रेन्टफोर्ड ३३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
चेल्सी ५९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।