काठमाडौँ। माल्कमले निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दै लिग लिडर अल हिलाललाई साउदी प्रो लिगमा बराबरी हुनबाट जोगाएका छन्।
किङ्स अब्दुल्ला स्पोर्ट्स सिटीमा सोमबार राति सम्पन्न खेलमा हिलालले घरेलु टोली अल अहलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
जितसँगै अपराजित रहेको हिलालले शीर्ष स्थानमा रहँदै ३० खेलबाट ८६ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको अहलीको समान खेलबाट ५५ अंक रहेको छ।
खेलको ३०औँ मिनेटमा फिरास अल- बुराइकनले गोल गर्दै अहलीलाई शुरूआती अग्रता दिलाएका थिए। तर, त्यसपछि खेलमा हिलालले पुनरागमन गर्यो।
खेलको ५२औँ मिनेटमा अलेक्जेन्डर मित्रोविकले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले माल्कमको पासमा गोल गरे।
८९औँ मिनेटमा माल्कमले गोल गर्दै हिलाललाई २-१ को जित दिलाए। उनले रुबेन नेभ्सको पासमा गोल गरेका थिए।