काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा विरगंज युनाईटेडले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा विरगंजले श्री कुमारी क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको पहिलो मिनेटमा सन्देश चौधरीले गोल गर्दै विरगंजलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४६ औं मिनेटमा क्रिपाकान्त महतो थारुले गोल गर्दै विरगंजलाई २-० को अग्रता दिलाए ।
खेलको ७६ औं मिनेटमा अरुज सिंहले गोल गर्दै श्री कुमारीलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा क्रिपाकान्तले व्यक्तिगत दोस्रो गोल गर्दै विरगंजलाई ३-१ को जित दिलाए ।
जितसँगै विरगंजले ११ खेलमा १३ अंक जोडेको छ ।
श्री कुमारीले ११ खेलमा १३ अंक नै जोडेको छ ।
अर्को खेलमा आरसिटीले बाँसबारीलाई २-१ ले हराएको छ ।
आरसिटीको जितमा विश्वास थापा मगर र अमर डंगोलले एक एक गोल गरे ।
बाँसबारीका टंक प्रसाद गुरुङले एक गोल फर्काए ।