काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा चर्च ब्वाइजले झम्सिखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
चर्च ब्वाइजको जितमा आशिष चापागाईले निर्णायक गोल गरे । उनले खेलको २३ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै चर्च ब्वाइजले ११ खेल २३ अंक जोडेको छ ।
चर्च ब्वाइजले दोस्रो स्थानको सरस्वती युथ क्लबमाथि ७ अंकको अग्रता बनाएको छ।
झम्सिखेलले ११ खेल ९ अंक जोडेको छ ।